Type Here to Get Search Results !

भारत लादै गरेको २ महिलाको उद्धार, दुई जना पक्राउ

 

भारत लादै गरेको २ महिलाको उद्धार, दुई जना पक्राउ

  • नेपालन्युज असोज १५, २०७७ | बिहीबार | सुनसरी




ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका ४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका १९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् । स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका ८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर १२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनायो ।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.