पूर्वमा कोरोना संक्रमितले आइसीयु बेड पाएनन्
। दैनिक चार सय बढी संक्रमित देखिन थालेको प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुका भेड भरिएका छन् । बेड अभावका कारण लक्षणसहितका विरामी घरमै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि बताउँछन् । हालसम्म १० हजार तीन सय कोरोना संक्रमित रहेको प्रदेश १ मा कोरोना संक्रमणका कारण १०३ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । एक महिनाअघिको निर्णयबाट पछि हट्यो सरकार ।
Anil Amgai
(Writer)
‘हिजो केन्द्रीकृत भएका आइसोलेसन बिकेन्द्रीत भएका छन्, पालिकाले आफैँ आइसोलेसन सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘एकै ठाउँ हुँदा हजार बेड बनाउने निर्णय भएको थियो । अब विराटनगर र आसपासका क्षेत्रका लागि एक हजार बेड आवश्यक पर्दैन ।’ यो बीचमा ३० बेडको आइसोलेसन थपिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ एवानले ३० बेडको आइसोलेसन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्त्रण गरेको हो । मन्त्री घिमिरेले जोखिम बढेकाले सरकारको कार्ययोजनाका लागि विज्ञसँग छलफल गरिरहेको बताए । अक्सिजनको व्यवस्था गरिदेउ : मेयर पराजुली समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा प्रदेश र संघीय सरकारले संक्रमितका लागि आवश्यता अनुसार अक्सिजन पाउने व्यवस्थापन गर्नुपर्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । लक्षणसहित संक्रमितलाई राख्नका लागि आइसोलेसन खाली नरहेको बताउँदै उनले भने, ‘धेरै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ, प्रदेश र संघले लक्षणसहितका विरामीका लागि बेड थप गरिदियोस् ।’ पछिल्लो समय कोरोना संक्रमितलाई घरमै बस्न सहज भएपनि अक्सिजन नहुँदा जोखिम धेरै भएको उनले बताए । ‘गाह्रो भयो भन्दै राति १२ बजे पनि संक्रमितको फोन आउँछ’, उनले भने, ‘अवस्था जटिल बन्यो, कसरी हुन्छ अक्सिजन पाउने व्यवस्था संघ र प्रदेशले गरिदिनुपर्छ ।
’ यस्तरमा संक्रमण व्यापक भएपछि प्रदेश १ सरकारले एक हजार बेडको आइसोलेसन बनाउन निर्णय ग¥यो । तर, एक महिना अघि गरेको निर्णयबाट प्रदेश सरकार आफैँ पछि हटेको छ । एक हजार बेडको आइसोलेसन सञ्चलनको तयारी गरेको प्रदेश सरकार संक्रमित घरमै बस्न थालेको र स्थानीय तहहरुले पनि आइसोलेसन बनाएको भन्दै निर्णय परिवर्तन गरेको छ । प्रदेश स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को १८ भदौमा बसेको भर्चुअल बैठकले विराटनगरमा एक हजार बेडसहितको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । निर्णय भएको एक महिनापछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक हजार बेड आवश्यक नभएको बताए । ‘हिजो केन्द्रीकृत भएका आइसोलेसन बिकेन्द्रीत भएका छन्, पालिकाले आफैँ आइसोलेसन सञ्चालन गरिरहेका छन्’, उनले भने, ‘एकै ठाउँ हुँदा हजार बेड बनाउने निर्णय भएको थियो ।
अब विराटनगर र आसपासका क्षेत्रका लागि एक हजार बेड आवश्यक पर्दैन ।’ यो बीचमा ३० बेडको आइसोलेसन थपिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ एवानले ३० बेडको आइसोलेसन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्त्रण गरेको हो । मन्त्री घिमिरेले जोखिम बढेकाले सरकारको कार्ययोजनाका लागि विज्ञसँग छलफल गरिरहेको बताए । अक्सिजनको व्यवस्था गरिदेउ : मेयर पराजुली समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा प्रदेश र संघीय सरकारले संक्रमितका लागि आवश्यता अनुसार अक्सिजन पाउने व्यवस्थापन गर्नुपर्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । लक्षणसहित संक्रमितलाई राख्नका लागि आइसोलेसन खाली नरहेको बताउँदै उनले भने, ‘धेरै संक्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ, प्रदेश र संघले लक्षणसहितका विरामीका लागि बेड थप गरिदियोस् ।’ पछिल्लो समय कोरोना संक्रमितलाई घरमै बस्न सहज भएपनि अक्सिजन नहुँदा जोखिम धेरै भएको उनले बताए । ‘गाह्रो भयो भन्दै राति १२ बजे पनि संक्रमितको फोन आउँछ’, उनले भने, ‘अवस्था जटिल बन्यो, कसरी हुन्छ अक्सिजन पाउने व्यवस्था संघ र प्रदेशले गरिदिनुपर्छ ।’







