Type Here to Get Search Results !

१४७ घरधुरी चेपाङका ८८२ परिवार संख्यालाई जर्मनबाट दशैं तिहार खाद्यान्न राहत वितरण (तस्वीर तथा भिडियो सहित)

 १४७ घरधुरी चेपाङका ८८२ परिवार संख्यालाई जर्मनबाट दशैं तिहार खाद्यान्न राहत वितरण (तस्वीर तथा भिडियो सहित)

नेपाल वालमैत्री संघ जर्मनी(KINDERHILFE) र जर्मन नेपाल मैत्री संघ(GNFA) बाट चितवनको अति विकट पहाडी क्षेत्र का १४७ घरधुरी चेपाङ समुदायका ८८२ परिवार संख्यालाई जर्मनबाट दशैं तिहार खाद्यान्न राहत वितरण गरीएको छ ।

चेपाङ संरक्षण केन्द्रको समन्वयकारी भूमिकामा आज इच्छाकामना गाउँपालिका वडा नं.१ का ३० घरधुरी तथा कालिका नगरपालिका वडा नं. १० का सुन्दराङ गाउँवासीलाई दशैं तिहार राहत सामाग्री वितरण गरिएको हो । सो वितरण कार्यक्रममा जर्मन नेपाल मैत्री संघले इच्छाकामना गाउँपालिका वडा नं. १ का ३० घर धुरी परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको थियो भने जर्मन नेपाल मैत्री संघ जर्मन तथा नेपाल वाल सहायता संघ जर्मनको संयुक्त सहयोगमा कालिका नगरपालिका वडा नं. १० का सुन्दराङवासीका १४७ घरधुरीका कुल ८८२ परिवार संख्यालाई राहत वितरण गरिएको थियो ।

संस्था द्धयले दशैं र तिहार पर्वलाई पुग्ने गरी ११७ घरधुरीका कुल ६७९ परिवार संख्यालाइ २ बोरा चामल, २ पोका नुन, ४ पोका सुर्यमुखी तेल, १ केजी सोयाविन, २ केजी, केराउ, २ केजी राज्मा, २ केजी चना २ वटा नुहाउने साबुन र १ वटा कपडा धुने साबुन प्रदान गरेको थियो ।
जर्मन नेपाल मैत्री संघका तर्फबाट राम कुमार अर्याल, आनन्द थापा तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माद्धारा संयुक्त रुपमा सो खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।




संस्थाद्धयका तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएका व्यक्तित्व राम कुमार अर्यालले चेपाङ समुदायलाई सहयोग सामाग्री सधैं यसै गरी अन्यत्रबाट प्राप्त भैरहने र आफ्नो जनजीविका कर्म नगरी चलाउन पाईरहन्छ भन्ने मान्यतालाई अब विस्तारै हटाउँदै लैजानु पर्ने कुरामा जोड दिँदै भावी दिनमा उनीहरुलाई बाख्रापालन, पहाडी भेगमा सहज रुपमा उत्पादन हुन सक्ने अति बहुमुल्य फल एभोकाडो, ड्रागनफ्रुट तथा अन्य आयमूलक कृषिमा निर्भर हुन सिकाउँदै लैजानुपर्ने बताउनुभयो । साथै दोश्रो पुस्तालाई शिक्षा र प्राविधिक तालिम प्रदान गरी दक्ष जनशक्तिको रुपमा तयार गरी आत्मनिर्भर बनाउन सक्नु नै उनीहरुको गरीवी र आशावादी संस्कारको अन्त्य गर्न सकिने मुख्य सूत्र भएको बताउनुभयो ।

जर्मनमा रहेको नेपाल वालमैत्री संघ जर्मन र जर्मन नेपाल मैत्री संघ जर्मनले यस अघि पनि अति विपन्न गरीवीको रेखामा रही शिक्षादीक्षा प्राप्त गर्न वञ्चित सीमान्तकृत चेपाङ वालवालिकाको लागि शिक्षा दिने कार्यमा आर्थिक सहयोग गर्नुको साथै छात्रावास निर्माण, शिक्षालयहरुको निर्माण तथा अन्य विभिन्न शिर्षकमा लगानी गरिसकेको स्मरण गर्दै यस संस्थाले विपन्न वर्गहरुको जीवनस्तर उकास्न आगामी दिनमा पनि भूमिका खेल्दै जाने बताउनुभयो ।
जर्मन नेपाल मैत्रीसंघका अध्यक्ष, नेपाल वाल सहायता संघका सदस्य तथा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितीका पुर्व उपाध्यक्ष समेत रहनुभएका राम प्रताप थापाले जर्मनबाट संस्थागत रुपमा तथा नेपालको लागि एकल रुपमा गर्नुभएको अतुलनीय योगदानको जति नै सम्मान गरे पनि कम हुने बताउँदै यस्ता व्यक्तित्व चेपाङ संरक्षण केन्द्रले पाउनु अहोभाग्य हो भन्दै केन्द्रका अध्यक्ष शर्माले स्मरण गर्नुभयो ।

जब केन्द्रमा चेपाङ बालबालिकाको लागि खाद्यान्न तथा अन्य संकट पर्छ, तब उहाँलाई स्मरण गरेपछि कुनै नै कुनै उपाय सुझाएर संकट मोचन गरीदिन कहिल्यै पछि नहट्नुभएको बताउनुभयो । केन्द्रमा आश्रित किशोरी विद्यार्थीहरुको सुरक्षाको लागि भनी उहाँको विशेष पहलकदमीमा तयार गर्दै गर्नुभएको लेडिज होस्टेल अहिले सम्मकै उदाहरणीय योगदान रहेको पनि बताउनुभयो । हाल सम्म केन्द्रको विशेष पहलकदमीमा लकडाउनको विषम परिस्थितीमा आजका मिती सम्म ३५७० बोरा चामल तथा अन्य दलहन, तेलहन लगायतका खाद्य सामाग्री वितरण गरिएको कुरा पनि शर्माले जानकारी गराउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.