Type Here to Get Search Results !

३०० रोपनी जग्गा दिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ

 

३०० रोपनी जग्गा दिलाउने भन्दै ठगी गर्ने ८ जना पक्राउ ।

  • प्रतीक न्युजअसोज २७, २०७७ | मंगलबार | कास्की

नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका ९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका १४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका ४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका १४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका ९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार, पोखरा महानगरपालिका १३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ३ एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका १७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका १३ बाँझपाटन बस्ने २७ वर्षीया सिता सुनार, पोखरा महानगरपालिका १३ मियापाटन बस्ने ५० वर्षीय हर्क बहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकर रहेका छन् ।


उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका १४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका १३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका १७ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भर बिश्वास दिलाई पोखरा महानगरपालिका १४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ ।


प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, बिभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, बिभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, बिभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

                Anil Amgai

                 (Writer)


प्रकाशित: Oct 13, 2020 | 09:01:58

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.