Type Here to Get Search Results !

ईलेक्ट्रिक गाडीमा बढाइएको कर सरकारले घटायो

ईलेक्ट्रिक गाडीमा बढाइएको कर सरकारले घटायो






१० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्याइएको इलेक्ट्रिक गाडीको आयात अन्तःशुल्क सरकारले घटाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विद्युतीय सवारीसाधनको क्षमताअनुसार अन्तःशुल्कका दरमा छुट दिने निर्णय गरेको हो ।

‘आर्थिक ऐन–०७७ दफा १८ को उपदफा १ बमोजिम करका दरहरूमा परिवर्तन गरिएको र राजपत्रमा सूचना प्रकाशनको क्रममा रहेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । विश्वले सन् २०३० भित्र इन्धनयुक्त सवारीसाधन विस्थापित गरी विद्युतीय सवारीसाधन प्र्रयोग गर्ने लक्ष राखेको छ । यसमा चीन, भारतसँगै नेपाल सरकारले समेत प्रतिवद्धतामा हस्ताक्षर गरी सकेका छन् । तर भन्सार शुल्क बढाउदै उल्टै इन्धनबाट चल्ने गाडीलाई वडावा दिए पछि विरोध भएको थियो ।

वायू प्रदूषणको दर बृद्धि गर्नुमा ३८ प्रतिशत कारक विद्युतीय सवारी साधननै भएको तथ्या सार्वजनिक भए पनि प्रदूषण नियन्त्रणमा वेवास्ता गर्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भन्सार शुल्क ७० प्रतिशत बृद्धि गरेको थियो ।

इन्धनबाट चल्ने सवारीसाधन व्यवसायिबाट आर्थिक प्रलोभनमा परी यातायात व्यवस्था विभागका कर्मचारीले समेत सडकमा गुड्न सक्ने क्षमताको टेस्टमा असफल गराई अनुमतीमा रोक लगाउदै आएको छ । प्राविधिक रुपमा कुनै आधार तयार नगरी १४ डिग्री उकालोमा चडाएर कुदाउन लगाउने र असफल भएको भन्दै नम्बर प्लेट नदिई विक्रीमा रोक लगाएको पाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.