२१ देखि यती एअरलाइन्सले सिमरामा नियमतीत तर्फको उडान शुरु गरेको छ ।
- प्रतीकन्युज असोज १७, २०७७ | शनिबार | काठमाडौं
यती एअरलाइन्सले सिमरामा नियमतीत तर्फको उडान शुरु गरेको छ । एयरलाइन्सले २२औ बार्षिकउत्सवको अवशरमा यहीँ असोज २१ गते देखि पुनः १२ वर्षपछि सिमरा उडान शुरु गरेको हो ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको बताए । “सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडान मार्फत सेवा विस्तार गर्नेछौँ,”–उनले भने ।
यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमान मार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाण्डौ देखी उडान भर्दैछ । त्यस क्षेत्रमा यात्रुहरुको माग वमोजिम पुनः सेवा प्रारम्भ गरेको जनाउदै हालको भाडादर काठमाडौँ– सिमरा–काठमाण्डौको एकतर्फी दुई हजार आठसय तोकेको एयरलाइन्सले जनायो ।
२२ वर्ष अघि देखि उत्कृष्ट सेवा दिदै आएको निजीवायू सेवा कम्पनी यती एयरलाइन्सल हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालन गरी सेवा दिदै आएको छ । एअरलाइन्सले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा उडान गर्दै आएको छ ।
व्यवसाय भन्दा सेवालाई प्राथमिकता दिएको भगिनी संस्था तारा एअरले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको एयरलाइन्सले जनाएको छ ।

